राजनीति

कृषि मन्त्रालयको नाम कार्यकर्ता मन्त्रालय राखौं: ज्ञानेन्द्र शाही

Banner

काठमाडौं, असार ३१-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कृषि मन्त्रालयको नाम परिवर्तन गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको नाम कार्यकर्ता मन्त्रालय राख्नुपर्ने बताए।

‘कृषि मन्त्रालय छ, कृषि मन्त्री हुनुहुन्छ। अब म उहाँको कृषि मन्त्री र मन्त्रालयको नाम परिवर्तन गरौं भन्छु म,’ उनले भने, ‘यो कार्यकर्ता मन्त्रालय, कार्यकर्ता मन्त्री बनाऔं। किनभने अब अर्बौं रुपैयाँ कृषि मन्त्रालयमा गएको छ तर वास्तविक किसानले होइन कि पार्टीका लोकल कार्यकर्ताहरूले बजेट पाएर राज्यको चरम दुरूपयोग गरिरहेका छन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>