देश/प्रदेश

गोरखाका दुर्गा १०० किलो गाँजासहित हेटौंडामा पक्राउ

०
Banner

गोरखा, असार ३१-

मकवानपुरमा एक सय किलो गाँजासहित एक जना पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकबाट एक सय किलो ६०० ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गोरखा पालुङटार नगरपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं.को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो। उक्त गाडी पछाडि बोराभित्र लुकाइएको अवस्थामा गाँजा फेला परेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>