राजनीति

व्यावहारिक शिक्षा दिने देशले मात्रै प्रगति गर्न सक्छ: सभामुख घिमिरे

Banner

काठमाडौँ, असार ३१-

सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने देशले मात्रै प्रगति गर्न सक्ने धारण व्यक्त गरेका छन् ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने देशले मात्रै प्रगति गर्न सक्ने बताएका हुन् । उनले भने, ‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रूपबाट विकास गर्नुपर्थ्यो त्यो हुन सकेन कि भन्ने प्रश्न उठिरहेको छ । शिक्षा भनेको के हो? शिक्षा हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान विस्तार गरेर विश्वलाई हेर्ने कुराहरू हो । र जुन देशले शिक्षा ठिक ढङ्गले विकास गर्न सकेको छ, शैक्षिक जनशक्ति विकास गर्न सकेको छ, व्यावहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो देशले मात्रै विश्वमा प्रगति गर्न सकेको छ ।’

सभामुख घिमिरेले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरूले महत्त्वपूर्ण पाइलाको शुरुवात गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>