राजनीति
सम्पत्ति विवरण बुझाउन सांसदहरुलाई आग्रह
०

काठमाडौँ, असार ३१-
सांसदहरुलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद सचिवालयले भदौ २८ गतेसम्मको समय दिएको छ । संसद सचिवालयले सूचना निकालेर सांसदहरुलाई आर्थिक वर्ष २०७९/०८० को सम्पति विवरण बुझाउन आग्रह गरेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ मा संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्त विवरण बुझाउनुपर्ने व्यवस्था छ । जसमा सम्पत्ति विवरण बुझाउँदा सांसदले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा स्पष्ट उल्लेख गरी पेस गर्नुपर्ने हुन्छ । यसका लागि संसद सचिवालयले आगामी भदौ २८ गतेसम्मको समय तोकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























