देश/प्रदेश

पत्रकारलाई दुर्गाको धम्कीः म सँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई सिध्याएको छु, मलाई कसैले जित्न सक्दैन

Banner

काठमाडौं, असार ३०

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विकास न्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै पत्रकार महासंघ ललितपुर शाखले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै शाखाले गम्भीर ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा भनिएको छ,–‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?भनेर धम्की दिएको छ ।’

दुर्गा प्रसाईंले समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले असार २९ गते बेलुका ६ः ५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर धम्की दिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>