देश/प्रदेश

एमसीसी छिटो कार्यान्वयन गर्न सरकार र दलहरुलाई लुको ताकेता

Banner

काठमाडौं, असार ३०–

अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरेको छ।

अमेरिकाको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार नेपालका प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मालाई भेट गरी एमसीसी कार्यान्वयनमा भैरहेको प्रगतिबारे चासो राखेका हुन्।

नेपालको संसदले पारित गरेको एमसीसी परियोजना आगामी अगस्टदेखि कार्यान्वयनमा लैजाने तयारी छ। यहीबेला लुले मुख्य दलका शीर्ष नेतालाई भेटेर एमसीसी कार्यान्वयन छिटो गर्न जोड दिएका हुन्।

लुले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरे। पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेट गरे पनि राजनीतिक कुराकानी भने भएन।

देउवासँग लुले एमसीसी कार्यान्वयन प्रक्रिया कहाँ पुगेको छ भनेर चासो राखेका थिए। ‘उहाँले एमसीसी कार्यान्वयन के भएको छ भनेर चासो राख्नु भयो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘प्रक्रिया छिट्टै अघि बढ्छ।’

परराष्ट्रमन्त्री साउदसँग पनि लुले त्यही जिज्ञासा राखे। मन्त्री साउदले छिटो अघि बढ्ने जवाफ दिएका थिए। ‘एमसीसीका परियोजनाहरु आगामी अगस्टबाट कार्यान्वयनको चरणमा जानेछन्। नेपाल यसका लागि तयारी अवस्थामा छ भनेर हामीले राख्यौँ,’ साउदले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>