राजनीति

सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता

Banner

काठमाडौँ, असार २९–

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गर्नुभएको छ ।

एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुग्नुभएका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उहाँकै निवासमा भेटवार्ता गर्नु भएको हो । सभापति देउवाले लूसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गर्नुभयो । सहायक विदेशमन्त्री लूले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>