राजनीति
नेकपा एसले पार्टी छाडेर गएकाको ठाउँमा नयाँलाई ल्याउने
०

काठमाडौं, असार २९-
कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको छ ।
पार्टी छाडेर गएका नेताहरूको ठाउँमा नयाँलाई जिम्मेवारी दिनबारे पनि छलफल हुने बताइन्छ । नेकपा एस छाडेका चुडामणि जंगली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायतका नेताको ठाउँमा पार्टीले अर्को नेतालाई जिम्मेवारी दिन लागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























