देश/प्रदेश
बार भत्काएर सप्तकोशीमा खस्यो ट्रक, तीन जनाले पौडी खेलेर जोगाए ज्यान
०

काठमाडौं, असार २९-
आज बिहान सप्तकोशी नदीमा ट्रक खसेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार कोशी ब्यारेजको पुलमा बिहान ७ः ४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक पुलको बार भत्काएर सप्तकोशीमा खसेको हो।
ट्रकमा सवार तीन जनालाई तत्काल उद्धार गरिएको डिएसपी राईले बताए। उद्धार गरिएकाहरूमा ट्रकका चालक बागमती नगरपालिका(९, सर्लाहीका २४ वर्षीय दिनेश खत्री, ट्रकमा सवार कन्काई नगरपालिका झापाका भोला दाहाल र भारतीय नागरिक २४ वर्षीय उमेश राजपुत छन्।
उहाँले पौडी खेलेर ज्यान जोगाएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























