देश/प्रदेश
झरी नरोकिएपछि आज सार्वजनिक बिदा
०

विराटनगर, असार २९-
लगातार झरी परेपछि इटहरी उपमहानगरपालिकाले आज विद्यालयमा सार्वजनिक बिदा दिएको छ ।
लगातार वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले अझै भारी वर्षा हुने सूचना जारी गरेकोले उपमहानगर क्षेत्रका सबै विद्यालय बिदा दिइएको बताइएको छ । मेयर हेम कर्ण पौडेलद्वारा जारी सूचनामा स्थानीय विदाबाट कट्टा गर्ने गरी आज एक दिनका लागि बिदा दिइएको उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























