देश/प्रदेश

चौकीमा बाढी पसेपछि…

Banner

विराटनगर, असार २९-

बाढीका कारण सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ । लगातार परेको पानीसँगै सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको हो ।

शुक्रबार बिहान कार्यालयमा बाढी पसेपछि प्रहरीले चौकी छाडेका छन् । भोक्राह नरसिंह गाउँपालिका-८ मा रहेको सिसुवाधरमपुर चौकीमा असई रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी परिचालित थिए । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बाढीले चौकी डुबानमा परेपछि प्रहरी विस्थापित भएको बताए ।

उनका अनुसार बाढीलले प्रहरी परिसरमा ४ फिटसम्म पानी जमेको छ । सबै प्रहरीले हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तका सामानसहित बिहान ५:५० तिर प्रहरीले चौकी छाडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>