चितवन विशेष

चौतारीको भवन निर्माण गर्न पौडेलको आर्थिक सहयोग

Banner

चितवन, असार २९–

प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुर ११, बसेनिमा निर्माण गरिरहेको भवनका लागि समाजसेवी लिलाधर पौडेलले आर्थिक सहयोग गरेका छन् । पौडेलले भवन निर्माणका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

पौडेलले चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा पौडेलले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशमै पहिलो भवनका लागि आफूले सहयोग गर्न पाएकोमा खुशी व्यक्ति गरे । उनले भने “पैसा भएर भन्दा पनि मन भएर सहयोग गरेको हुँ ।”

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारी चितवनको भवन बनाउन समाजसेवी पौडेलले प्रदान गरेको सहयोगले थप उर्जा र प्रेरणा मिलेको बताए । उनले चौतारीको भवन देशकै पत्रकारहरुको साझा सम्पत्ती भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई अपिल गरे ।

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । भवनको पहिलो तला ढलानको तयारी भैरहेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिए । एक बर्ष भित्र बनाइसक्ने साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>