देश/प्रदेश

तोडमोड गरि राखिएको अभिव्यक्तिले कसैको मनोभावनामा चोट पुगे क्षमा माग्छु : तोसिमा

Banner

चितवन, असार २८–

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले तोडमोड गरि राखिएको अभिव्यक्तिले कसैको मनोभावनामा चोट पुगेमा क्षमा मागेकी छन् । प्रधानमन्त्री पत्नि सीता दाहालको निधनपछि श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले सञ्चारकर्मीसँग बोल्ने क्रममा प्रचण्डले पत्निलाई ख्याल गर्न नसकेको टिप्पणी गरेकी थिइन् ।

श्रद्धाञ्जली दिन जाँदा पनि कार्कीले राजनीतिक टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । आफ्नो आलोचना भएपछि फेसबुकमा लेख्दै कार्कीले भनेकी छन्, ‘पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु्र ,साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु्र ।’

मिडियाकर्मीले लिएको भिडियोलाई तोडमोड गरी सामाजिक सञ्जालमा राखिएको उनको दाबी छ ।

त्यसअघि उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदर्णिय आमा सीता दाहालको असामयिक निधनले समग्र देश वासीलाई मर्माहित तुल्याएको छ । जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ । उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ । सम्मानीत उहाँ प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यु र समग्र परिवारलाई विचलित नभई यो दुखद धडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहान्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>