राजनीति

डा स्वर्णिम वाग्ले लगायतका सांसदलाई केन्द्रीय समितिमा लैजाँदै रास्वपा

०
Banner

काठमाडौँ, असार २८–

राष्ट्रिय स्वतन्त्र पार्टीले डा स्वर्णिम वाग्ले लगायतका सांसदलाई केन्द्रीय समितिमा लैजाने तयारी गरेको छ । तेस्रो पटक हुन लागेको केन्द्रीय समिति विस्तारमा वाग्लेसहित विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिशिर खनाल लगायतलाई केन्द्रीय समिति सदस्य बनाउने रास्वपाको तयारी छ ।

‘हामी सांसदको जिम्मेवारीमा रहेका केहीलाई केन्द्रीय समितिमा लैजान सकारात्मक छौं, त्यसबारे छलफल भइरहेको छ,’ पार्टी उपसभापति डोलप्रसाद अर्यालले भने।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति सदस्यको जिम्मेवारीमा नरहेका १४ जनालाई नै थप्न प्रस्ताव आए पनि केहीलाई मात्रै लैजाने तयारी रहेको बताए।

‘संसदमा र पार्टीको संगठन निर्माण र परिचालनमा पुर्‍याएको योगदान हेरेर केन्द्रीय समितिमा लैजाने कि भनेर कुराकानी भएको हो, यसबारे थप छलफलचाहिँ भएको छैन,’ उनले भने। उनले पनि सबै सांसदलाई केन्द्रीय समिति सदस्यको जिम्मेवारी भने नदिइने बताए।

२१ जना संघीय सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समितिमा छन्। इन्दिरा रानामगर उपसभामुख छिन् भने १४ जना सांसद केन्द्रीय समितिभन्दा बाहिर रहेका छन्।

त्यसमध्ये तनहुँ–१ बाट उपचुनाव जितेका डा स्वर्णिम वाग्ले, चितवन–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हरि ढकाल, काठमाडौं ८ बाट निर्वाचित तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाललाई केन्द्रीय समितिमा समेट्ने तयारी रहेको रास्वपाका नेता बताउँछन्।

त्यस्तै प्रमुख सचेतक सन्तोष परियार र मनिष झा पनि थपिने केन्द्रीय सदस्यको सूचीमा छन्। पछिल्लोपटक गत फागनु १ गते रास्वपाले केन्द्रीय समितिमा १६ जना थपेको थियो। त्यतिबेला सांसदहरूसहित १०० जना प्रस्ताव गरिएको नेताहरूले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>