चितवन विशेष
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
०

चितवन, असार २८–
नारायणगढ–मुग्लिन सडक गएराति देखि नै दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । हिजो राति करिब १०ः४५ बजेको समयमा कालिखोलामा पहिरो खसेर सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।
सानो पहिरो खसेकाले पहिरो पन्छाएर केहि बेरमै सडक सुचारु गरिएको सडक डिभिजनले जनाएको छ । नारायणगढ–मुग्लिन सडक २०८० साल लागेपछि पहिरोका कारण ११ पटक अवरुद्ध भइसकेको छ ।
११ पटकमा गरी जम्मा ७२ घण्टा बढी सडक अवरुद्ध भएको सडक डिजिभन भरतपुरका इन्जिनियर सागर कार्कीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























