अन्तर्राष्ट्रिय

नेपालीमा ट्विट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

Banner

काठमाडौं, असार २७-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।

उनले बुधबार ट्विट गर्दै सीताको निधनको खबरले मर्माहत भएको बताएका छन्।

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति,’ उनले लेखेका छन्।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>