देश/प्रदेश

८ वर्षीय बालकको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु, मन्टेश्वरीका सञ्चालकसहित तीनजना पक्राउ

Banner

झापा, असार २७-

झापामा सेप्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीमा नर्सरीमा अध्ययनरत ८ वर्षीय बालकको मृत्यु भएको हो । बालकको मृत्युपछि मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौँ-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>