चितवन विशेष
भरतपुरका तीन वडामा आज पनि विद्युत अवरुद्ध हुने
०

चितवन, असार २६–
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भरतपुर–गितानगर–माडी हुलाकी राजमार्ग अन्तर्गत हाकिमचोकदेखि बुद्धचोक खण्डका विद्युत पोल स्थानान्तरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । पोल स्थानान्तरण हुने भएकाले भरतपुरका तीन वटा वडामा आज पनि विद्युत अवरुद्ध हुने भएको छ ।
विद्युत पोल सार्न हस्पिटल फिडर र भरतपुर १ फिडर सटडाउन गर्न लागिएको भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ । यसबाट आज बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत अवरुद्ध हुने छ
दुई वटा फिडर सटडाउन हुँदा भरतपुर–४, ७ र ८ का विभिन्न स्थान बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, सृजना चोक, बुद्धचोक, क्यान्सर १ नम्बर गेट अगाडि एरिया, पिस जोन स्कुल एरिया, कटहरचोक, पिपलचोक र सनराईज स्कुल एरियामा विद्युत अवरुद्ध हुने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























