राजनीति
प्रतिपक्षले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो ?: प्रधानमन्त्री प्रचण्ड
०

काठमाडौं, असार २५-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै दिनुपर्ने हो भनेर सोधेका छन्।
प्रतिनिधि सभाको बैठकमा प्रष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय मान्यता हो त ? भनेर सोधेका हुन्।
उनले आफूले पुस्तक विमोचनका सन्दर्भमा बोलेका कुराबारे गम्भीर ढंगले प्रश्न उठेपछि त्यतिबेलै प्रष्टीकरण दिन चाहेको तर मौका नदिई संसद् अवरुद्ध गरिएको बताए। ‘के यही हो संसदीय मान्यता ? यसबारे प्रमुख प्रतिपक्षले नबुझेको पनि छैन,’ उनले भने, ‘के प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै राजीनामा दिनुपर्ने हो ? यो प्रतिवाद होइन, काउन्टर एट्याकको निम्ति पनि बोलिरहेको छैन। म स्पष्टीकरणकै निम्ति उभिएको छु।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























