राजनीति

नैतिकता छ भने प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्छ: राजेन्द्र लिङ्देन

Banner

काठमाडौं, असार २५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन्।

नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने लिङ्देनले बताए। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै लिङ्देनले भने, ‘नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। यो दबाबले मागिने कुरा होइन।’

उनले तत्कालीन कानून मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामासमेत दिएको स्मरण गराएका थिए।

‘यो राष्ट्रको सार्वभौमसत्तासँग सम्बन्धित विषयमा यस प्रकारको अभिव्यक्ति आउनु सामान्य कुरा होइन,’ उनले भने, ‘त्यसपछि झन् प्रधानमन्त्रीबाट प्रतिपक्षलाई गम्भीर आक्षेप लगाउने काम भयो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>