राजनीति
रवि लामिछानेको प्रश्न: यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ?
०

काठमाडौं, असार २५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो संसद ३ दलले बन्धक बनाउन मिल्छ भन्ने प्रश्न गरेका छन् ।जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए ।
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले सोधे, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ रु उनीहरुले जे गर्यो त्यही हो रु अरु माननीय चाहिँ केही होइन ? ’
संसदमा विभिन्न कानुन विचाराधीन अवस्थामा रहेको भन्दै सभापति लामिछानेले ती कानुनमाथि छलफल गर्न छाडेर नेताको स्वार्थमा संसदलाई बन्धक बनाइएको बताए ।
‘शीर्ष नेतालाई मुड चलेन भने यो सदन रोकिन्छ ? ’ लामिछानेले प्रश्न गरे, ‘जनताका मुद्दामा संसद रोकिन्छ भने रोकियोस् । नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























