चितवन विशेष
जापान जाने विद्यार्थीका लागि पुल्चोकमा खुल्यो बान्जाई एजुकेशन
०

चितवन, असार २५-
नारायणगढको पुलचोकमा बान्जाई एजुकेशन कन्सल्टेन्सी (परामर्शकेन्द्र) सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष विकास थापाले आज बिहान विगत गर्दै दुई हप्तादेखि जापान जाने विद्यार्थीलाई लक्षित गर्दै भाषा अध्यापन गर्दै आएको बान्जाईको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा थापाले सीप र भाषा दुवै सिकेर वैदेशिक अध्ययन तथा रोजगारमा जाँदा काम गर्न सहज हुनुका साथै राम्रो आम्दानी हुने बताए । त्यस्तै उद्घाटनका क्रममा बान्जाईका प्रबन्ध निर्देशक ऋषि कँडेलले पछिल्लो समय विद्यार्थीहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढेले यसप्रति सचेत भएर बान्जाई सञ्चालनमा ल्याएको जानकारी दिए । कँडेलका अनुसार बान्जाईमा निः शुल्क रुपमा अडियो, भिडियोको माध्यमबाट भाषा अध्ययन गराउनुका साथै विद्यार्थीलाई पुस्तकसमेत निःशुल्क उपलब्ध गराइने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























