राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति दाउपेचका लागि दुई दिनपछि सञ्चारमाध्यममा ल्याइयो: राज्यमन्त्री सिर्पाली

Banner

काठमाडौं, असार २५-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीले १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाइन् ।

सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहमा उनले भनिन्, ‘हामीले राजनीतिलाई कतै न कतै दाउपेच र लेनदेनको खेल पनि बनाएका छौं । समाजमा बडो दुखद् परिदृश्यहरु आइपरेका छन् । आज हामी सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा अड्चन आएका छन् । राजनीति सहजै सफा हुन सक्दैन भन्ने कुरा देखिएको छ । १८ गते बोलेको कुरालाई दुई दिनपछि मिडियामा ल्याउने,अनि त्यसलाई हामीले राजनीतिमा एउटा दाउपेचको कुरा गर्दा स्वच्छ समाज निर्माण गर्न सक्यौँ की सकेनौं ? पुष्पलालले परिकल्पना गरेको समाज निर्माण गर्न साँच्चै सक्छौं की सक्दैनौं ? भन्ने चुनौती आइपरेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>