राजनीति
समाजवादको बाटो प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सुरू भइसक्यो: मन्त्री किराती
०

काठमाडौं, असार २५-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवादको बाटो प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सुरू भएको बताएका छन् ।
सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहमा उनले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरू हुने भन्दै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा त्यो सुरू भइसकेको किरातीको दाबी छ ।
उनले भने, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पुर्याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























