राजनीति
कोशी सांसदको असन्तुष्टि: दुई दुई पटक चुनाव जित्दा मुल्याङ्कन गर्न सकेन, राजीनामा दिन्छु

विराटनगर, असार २४-
उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् ।
उदयपुर २ (१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको बताउँदै राजीनामा दिने मनसायमा रहेको जानकारी दिएका हुन् ।
आइतबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’
स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनी मन्त्री बन्ने लगभग पक्का थियो । तर अन्तिम समयमा नाम काटिएको थियो ।
























