अन्तर्राष्ट्रिय

राहुल गान्धीलाई बाइक मेकानिकले सोधे, ‘विवाह कहिले गर्नुहुन्छ रु’ दिए यस्तो जवाफ

Banner

असार २४- 

काँग्रेस नेता राहुल गान्धीलाई एक मेकानिकले ‘कहिले विवाह गर्नुहुन्छ’ भनेर सोधेका छन् । बाइक मेकानिकले अवस्था बुझ्नका लागि केही दिन अघि दिल्लीको करोल बाग पुगेका उनलाई मेकानिकले यस्तो प्रश्न सोधेका हुन् । यद्यपि, राहुलले सधैँ झैँ यो प्रश्नका जवाफ टारेका छन् ।

राहुल गान्धीले बाइक मेकानिकसँग गरेको भेटघाटको भिडियो आफ्नो युट्युब च्यानलमा सेयर गरेका छन् । भिडियोको ९ मिनटमा एक मेकानिकले राहुल गान्धीसँग प्रश्न गर्छन्, ‘त्यो बिहे–सिहे छ नि तपाईंको? कहिले हुन्छ सर?’

ऋन्यसमा राहुल गान्धी भन्छन्, ‘हेरौँ…’

त्यसपछि राहुल गान्धीले उनलाई सोध्छन्, ‘तपाईंको विवाह भइसक्यो ?’

राहुल गान्धीलाई उनको विवाहबारे प्रश्न सोधिएको यो पहिलो पटक भने होइन । अघिल्लो महिना विपक्षी एकजुटताको बैठकमा समावेश हुनका लागि राहुल गान्धी पटना पुग्दा आरजेडीका प्रमुख लालु प्रसाद यादवले पनि उनलाई यस्तै प्रश्न सोधेका थिए ।

त्यति बेला यादवले ठट्यौली पारामा भनेका थिए, ‘हाम्रो कुरा मान्नुहोस्, विवाह गर्नुहोस् । अहिले पनि ढिला भइसकेको छैन ।’ यसबारे राहुलले जवाफ दिए, ‘तपाईंले भन्नुभयो अब हुन्छ ।’ एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>