देश/प्रदेश

तीन वर्षपछि सियान–काठमाडौं उडान गर्दै तिब्बत एयरलाइन्स

Banner

काठमाडौं, असार २४-

तिब्बत एयरलाइन्सले चीनको सियानबाट काठमाडौंमा तीन वर्षपछि फेरि नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी बिहीबार ९जुलाई १३०बाट नियमित उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

एयरलाइन्सले आइतबार र बिहीबार गरी सियान–काठमाडौं–सियान सातामा दुई उडान गर्नेछ। प्राधिकरणकाअनुसार एयरलायन्सले कोभिडअघि छेन्दु–काठमाडौं नियमित चार्टर्ड उडान गर्थ्यो।

हाल नेपालमा चीनको छेन्दु–तियान्फुबाट एयर चाइना र सिचुवान, ग्वाङझाउबाट चाइना साउर्दन, कुन्मिङबाट चाइना इस्टर्न तथा हङकङबाट क्याथे प्यासिफिकले उडान गर्दै आइरहेका छन्। त्यस्तै, काठमाडौंबाट हिमालय एयरलायन्सले बेइजिङ उडान गर्दै आइरहेको छ। तिब्बत एयरलायन्स थपिएसँगै चीनमा सिधा उडान गर्ने वायुसेवाको संख्या ७ पुग्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>