देश/प्रदेश

गण्डकी प्रदेश सांसदको गुनासो- सांसद बस्ने ठाउँ सानो र कुर्चीका फर्म पुरानो भयो

Banner

पोखरा, असार २४-

गण्डकी प्रदेशका सांसदले प्रदेश सभा रहेको कुर्चीका फर्महरू पुराना भएको गुनासो गरेका छन् । सांसद विकल शेरचनले प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद बस्ने कुर्चीका फर्महरू पुराना भएको गुनासो गरेका हुन् ।

‘हामी माननीयहरू यस सभामा आएर बस्दा खेरि ठाउँको संकुचन त छदै छ । हाम्रा कुर्चीहरूको पनि फर्महरू अत्यन्तै पुराना भएका कहिले यता, कहिले उता बसिराख्दा खेरि अब आउने आर्थिक वर्षमा चाहिँ यो फर्महरू परिवर्तन गरिदिनुहुन म ध्यानाकर्षण गराउँदछु,’ सांसद शेरचनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>