देश/प्रदेश
नारायणी सहित यी नदीमा बढ्न सक्छ पानीको बहाव, सतर्कता अपनाउन आग्रह
०

काठमाडौं, असार २४-
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञानले बताइरहँदा आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने प्रक्षेपण छ।
सतर्कता तहभन्दा तलै रहने भए पनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाइराख्न उसले नियमित बुलेटिनमार्फत् आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























