राजनीति

कांग्रेस र एमालेसँग मोलमोलाई गरेर सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइयो : बाबुराम भट्टराई

Banner

काठमाडौं, असार २४–

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिएका छन् । माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाहीअघि बढेलगत्तै भट्टराइले सो स्पष्टीकरण दिएका हुन् ।

पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक र राजनीतिक विषयप्रतिको अरूची, अनिच्छा, खालि तत्कालीन संसदीय अंक गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसंग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ उनले भनेका छन् ।

मोर्चासँग नयॉ युगको नयॉ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको भट्टराईको भनाइ छ । ‘सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो,’ उनी भन्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>