देश/प्रदेश

प्रधानमन्त्री प्रचण्डका ज्वाइँ जीवन आचार्य कोशीको आर्थिक मामिलामन्त्री बन्ने

Banner

विराटनगर,असार २४-

माओवादी भित्रको आन्तरिक विवादका कारण नयाँ मन्त्रीमण्डलमा सामेल हुन नपाएका माओवादीका सांसद जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने भएका छन् । शुक्रवार नै मन्त्री हुने पक्का भएका आचार्यलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । शुक्रवार नेपाली काङ्ग्रेसका तर्फबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

प्रचण्डका ज्वाइँ समेत रहेका आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भएको श्रोतले जनाएको छ । शुक्रवार अपराह्न माओवादीका प्रदेश इन्चार्ज राम कार्की सहित बसेको नेकपा माओवादी संसदीय दलको बैठकले सांसद जीवन आचार्यलाई मन्त्री बनाउने सहमति गरेको छ । बैठकमा निकै रस्साकस्सीबीच उनलाई मन्त्री बनाउने सहमति बनेको हो ।

बैठकमा आचार्यले यो सरकार बनाउन आफूले भूमिका खेलेकाले आफूलाई नै मन्त्री बनाउनुपर्ने दाबी गरेका थिए । धेरै सांसदको विरोध हुँदाहुँदै पनि उनलाई मन्त्री बनाउने सहमति बनेको हो । यसअघिको सरकार पनि आचार्य मन्त्री थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>