देश/प्रदेश

असारे विकासको नमुना : एक सातामै उप्कियो कालोपत्रे

Banner

झापा, असार २४–

असारमा हतारमा काम गर्ने प्रवृत्तिका कारण झापामा कालोपत्रे गरेको एउटा सडक एक हप्ता नबित्दै उप्किएको छ। सडक डिभिजन कार्यालय दमकले ठेक्का लगाएको कमल गाउँपालिकाको गुहारीदेखि गौरादह नगरपालिकाको दाम्म्राभिट्टा जोड्ने सडक पक्की गरेको एक हप्तामै कालोपत्रे उप्किएको हो।

सडक डिभिजन कार्यालय दमकले १३ किलोमिटरको यो सडक ०७९ असारमा १८ करोडमा ठेक्का लगाएको थियो। ०८१ असारमा सक्ने गरी यो सडक निर्माणको जिम्मा गीताञ्जली जे एन्ड जे जेभीले लिएको थियो। यो सडकको पहिलो खण्डअन्तर्गत कमल गाउँपालिका–७ मा पर्ने करिब ६ किलोमिटर सडकको गुणस्तरमाथि प्रश्न उठेको छ। बर्खाको मौसममा हतारमा कालोपत्रे गर्दा केही दिनमै कालोपत्रे उप्किएको हो।

‘राति कालोपत्रे गर्न नपाइने हुँदाहुँदै रातारात कालोपत्रे गरेको सडक एक हप्ता पनि नभई उप्किएको छ। हामीले गएर हेर्‍यौँ। यो सडक गुणस्तरहीन बनेको छ,’ कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने, ‘सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलमाथि नै शंका उब्जिएको छ। सडक पुनः कालोपत्रे वा मर्मत नभए डिभिजन प्रमुखलाई विभागीय कारबाही गर्नुपर्छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>