राजनीति

एमालेद्वारा संसद्‍ अवरुद्ध, अर्थमन्त्रीले भ्रष्टाचार गरेको आरोप

Banner

धनुषा,असार २३-

मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

प्रदेशसभा बैठक बस्नासाथ एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मौत्र योजना पठाएको विषयमा मुख्यमन्त्री सरोज कुमार यादवले जवाफ दिनुपर्ने माग गरेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक चल्न नदिने सांसद दासले बताएपछि बैठक अवरुद्ध भएको हो ।

एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । एमालेको सांसदहरु यसबारे मुख्यमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै उभिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । अहिले प्रदेशसभा बैठक सञ्चालन गर्न एमालेका सांसदहरुसँग छलफल भइरहेको छ ।

प्रदेश सरकारले बजेट ल्याएको २३ औँ दिनमा प्रदेशसभा बैठक बस्न लागेको हो । शनिबारको बैठकमा अर्थमन्त्री संजयकुमार यादवले प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र त्यसपछि पुनः अर्थमन्त्री यादवले प्रदेश सरकारको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>