राजनीति

रास्वपा प्रति लक्षित गर्दै शंकर पोखरेलले भनेः सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन सक्दैन

Banner

 काठमाडौं,असार २३- 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियामा छाएका सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनले कुनै एक क्षेत्रमा लोकप्रियता हासिल गर्दैमा राजनीतिमा पनि लोकप्रियता हासिल गर्न सकिन्छ भन्नु जनतामाथिको इमोसनल ब्ल्याकमेलिङ भएको टिप्पणी गरे ।

पार्टीको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘सोसल मिडियामा छाएका सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन सक्दैन । सोसल मिडियामा लोकप्रियता हासिल गर्नेवित्तिकै समाजको नेतृत्वको रुपमा हामी योग्य छौं भन्ने मान्यता टिकाउ मान्यता होइन ।’

महासचिव पोखरेलले कुनै समय भारतीय अभिनेता अमिताभ बच्चन पनि राजनीतिमा आएको र प्रतिष्ठित राजनीतिज्ञ कमलापति त्रिपाठीलाई हराएको भन्दै एक कार्यकालमै बच्चनले यथार्थ बुझेर राजनीति छाडेको टिप्पणी गरे ।

‘‘तर उनले एक कार्यकालमै अनुभूति गरे यो क्षेत्र मेरा लागि होइन रहेछ । उनी त्यसबाट फर्किए, फर्किसकेपछि आज पनि भारतीय सिने जगतका प्रतिष्गठत कलाकारका रुपमा सम्मानित छन्’ उनले भने, ‘कुनै व्यक्ति कुनै क्षेत्रमा लोकप्रिय भयो भने सबै क्षेत्रमा लोकप्रिय हुन्छ भन्ने कुरा सत्य होइन । हरेकले आफ्नो कामको क्षेत्रभित्र विज्ञता हासिल गर्ने कोशिस गर्नुपर्छ ।’

महासचिव पोखरेलले अगाडि भने, ‘एउटा क्षेत्रको लोकप्रियतालाई अर्को क्षेत्रको भावनामा प्रयोग गर्ने कुरा जनताको भावनामाथि इमोसनल ब्ल्याकमेलिङ हो भन्ने कुरा बुझ्न जरुरी छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>