देश/प्रदेश

अशिक्षाका कारण परिवारले नै फलामको साङ्लोले बाँधेर बन्धक बनाए मनोरोगी ओमप्रकाशलाई

Banner

काठमाडौँ, असार २३-

परिवारका सदस्यले फलामे साङ्लोले बाँधेर घरमै बन्धक बनाएर राखिएका एक मनोरोगीको मानवसेवा आश्रमले उद्धार गरेको छ ।

विगत ५–६ वर्षदेखि मनोरोगबाट पीडित गुलरिया नगरपालिका ५, बर्दियाका २७ वर्षीय ओमप्रकाश थारुलाई परिवारका सदस्यले नै साङ्लोले बाँधेर यातना दिएको खवर पाएपछि आश्रमले उद्धार गरेको हो ।

आश्रमका संयोजक उर्विन सापकोटाका अनुसार आर्थिक आभाव र अशिक्षाका कारण केहि महिनादेखि थारुलाई घरमै फलामे साङ्लो बाँधेर राखिएको जानकारी दिए । उनलाई स्थानीयले दिएको सूचनाको आधारमा उद्धारको लागि टोली त्यहाँ पुगेको थियो । उनको मानसिक तथा शारिरीक अवस्थाको बारेमा केहि समय जानकारी लिएपछि उनलाई नेपालगन्ज ल्याइएको सापकोटाले बताए । फोटोः नयाँ पत्रिका

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>