राजनीति
क्षतिपूर्ति माग गर्दै आरजुले अमरेशविरुद्ध हालेको गाली बेइज्जती मुद्दाको पेशी आइतबार
०

काठमाडौं, असार २२-
कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा.आरजु देउवा राणाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्ध हालेको मुद्दाको पेशी आइतवार परेको छ । डा.आरजुले अमरेशविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेकी थिइन ।
आरजुले आफूलाई प्रतिनिधि सभामा गणतन्त्रकी पम्फादेवी भनेको तथा विभिन्न सन्चारमाध्यममा समेत भ्रष्टाचारी भनेर दिएका अन्तर्वार्ताका क्लिपसमेत संलग्न गरेर मानहानीको मुद्दा दर्ता गरेकी हुन् । जुन मुद्दाको सुनुवाई असार २४ गते अर्थात आगामी आइतवार हुँदैछ । उनले सिंहमाथि हदैसम्मको कारबाही र आफूलाई क्षतिपूर्ति माग गरेकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























