राजनीति

सदस्य समेत नरहने गरी एमाले गर्‍यो चार जना सदस्यलाई कारबाही

०
Banner

बुटवल, असार २२-

पार्टीका गतिविधिविरूद्ध लागेको भन्दै नेकपा एमाले चार जना पार्टी सदस्यलाई कारबाही गरेको छ। शुक्रबार बसेको नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधिविरूद्ध लागेको भन्दै सिद्धार्थनगर नगर कमिटी रूपन्देहीका चार जना सदस्यलाई कारबाही गरेको हो ।

सिद्धार्थनगरका नगर अध्यक्ष चक्रबहादुर थापाले साधारण सदस्य समेत नरहने पार्टीले पूर्व नगरसचिव नारायणप्रसाद भण्डारीसहित रामचन्द्र रेग्मी, कृष्ण गुरूङ र रोशन थापालाई कारबाही गरेको जानकारी दिए ।

पार्टीका निर्णय पालना नगर्ने र पार्टीविरूद्ध गतिविधि गर्दै हिँड्न थालेपछि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरिएको उनले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>