राजनीति

प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

Banner

काठमाडौं,असार २२-

प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>