राजनीति
प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर स्वार्थ पूरा गर्न खोजे: ओली
०

काठमाडौँ, असार २२-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताए । उनले अघि भने, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।’ तर नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, दिल्ली दौडिएर बन्छ । धेरै पटक मलाई बनाउन पनि मान्छे कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























