देश/प्रदेश
श्रीमतीको नाममा नक्कली फेसबुक, टिकटक अकाउन्ट खोल्ने श्रीमान प्रकाउ
०

काठमाडौं, असार २२-
श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले श्रीमतीको नक्कली फेसबुक अकाउन्ट खोलेर अश्लील स्टाटस लेख्दै चरित्र हत्या गरेको आरोपमा गोरखाका ३७ वर्षीय वीरबहादुर भट्ट ( श्रीमान नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।
वीरबबहादुरले कमलाको नाम र तस्वीर राखेर अकाउन्ट खोलेको र ‘को छ मसँग रात बिताउने ? ’लगायत शब्दहरु लेखेका थिए । वीरबहादुरको श्रीमती कमला (नाम परिवर्तन) को सम्बन्ध राम्रो छैन् ।
प्रहरीका अनुसार वीरबहादुरले श्रीमतीको नाममा टिकटक अकाउन्टसमेत बनाएर उनका भिडियोहरु अपलोड गरी त्यसमा आपत्तिजनक कमेन्टहरु गर्ने गरेका थिए । श्रीमतीले प्रयोग गर्ने गरेको सामाजिक सञ्जालहरुबाट फोटो भिडियो डाउनलोड गरेर नक्कली अकाउन्टमा अपलोड गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























