राजनीति

सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छः सचिव भट्टराई

Banner

बारा, असार २२-

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् । पार्टी कामको शीलशीलामा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा उनले एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका हुन् ।

‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उनले भने,’पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद मार्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ ।’ उनले पार्टीको सिद्धान्त र व्यवहार सही भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रूपमा रहेको पनि बताए ।
‘एमाले जनताको मनमा बसेको पार्टी हो, उनले भने, गत संसदीय निर्वाचनमा विपक्षीहरूको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठुलो दल बनाएका हुन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>