देश/प्रदेश

ललिता निवास प्रकरणमा गीतकार दिनेश अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी

Banner

काठमाडौँ, असार २२-

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा गीतकार तथा पूर्वसचिव दिनेश अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गीतकार तथा पूर्वसचिव अधिकारीसहितका चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीका एक अधिकृतका अनुसार फाइल टिप्पणी उठाउने र सदर गर्ने कार्यमा जोडिएको आशंकामा अधिकारीसँगै सचिवहरु दीप बस्न्यात, छविराज पन्त र नारायणगोपाल मलेगोविरुद्ध पनि पूर्जी जारी भएको छ ।

अधिकारी २०६८ माघ २३ देखि २०६९ कात्तिक १४ सम्म भूमिसुधार मन्त्रालयको सचिव थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>