राजनीति

पार्टी निर्माण अभियानमा जुटेको रास्वपाको आजबाट लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा, रविले भोलि प्रशिक्षण दिने

Banner

रुपन्देही,असार २२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि रुपन्देहीको भैरहवामा सुरु हुने भएको छ ।

पार्टी निर्माण अभियानमा जुटेको रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भैरहवामा दुईदिने प्रशिक्षण सुरु हुने पार्टीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पार्टीका अन्य नेताहरु आजै आउने भएपनि केन्द्रीय सभापति लामिछाने भने भोलि शनिबारमात्रै आउने कार्यक्रम रहेको छ ।

भैरहवास्थित एसियन बुद्ध होटल हुने कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, प्रवक्ता डा.मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य मनिष झा, शिशिर खनाललगायत नेताहरुले प्रशिक्षण दिनेछन् ।

‘शुक्रबार र शनिबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा मुलुकलाई कसरी आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ र यसमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुनेछ रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>