देश/प्रदेश

दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा : बालेन

Banner

चितवन, असार २२–

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् । हिजो राति सामाजिक सञ्जालमा लेख्दै बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>