देश/प्रदेश

दाङ घर भएका अनुसन्धान विभागका कर्मचारी बलात्कारको आरोपमा पक्राउ

Banner

काठमाडौं, असार २१-

राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेल पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एसपी सीताराम रिजालका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले थप अनुसन्धान गरिरहेको छ । पीडितका अनुसार सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएर पौडेल उनी नजिकिएका थिए ।

प्रहरीले प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ । प्रहरीका अनुसार न्यौपाने कानून व्यवसायी समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>