देश/प्रदेश

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ को मृत्यु, एक गम्भीर घाइते

Banner

बुटवल, असार २१-

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।

रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको हो । त्यस्तै बस धनी सल्यान छत्रेश्री गाउँपालिका- ६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठका अनुसार राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट लागेको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>