देश/प्रदेश
नाबालिगलाई क्लबभित्र प्रवेश गराएको भन्दै एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी
०

काठमाडौं, असार २१-
काठमाडौँको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
ललितपुर प्रहरी परिसर स्रोतअनुसार उनीहरुको खोजी गरिरहेको छ। एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























