राजनीति

हामीले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँः राजेन्द्र पाण्डे

Banner

काठमाडौं,असार २१-

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको छ । बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताए।

उनले बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको पनि सुनाए।

उनले भने, ‘हामीले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छौँ । प्रधानमन्त्रीले संसद् फेस गर्नुहुन्छ । उहाँहरू मिटर ब्याज पीडितको पक्षमा होइन। शोषण गर्नेको पक्षमा उभिनुभएको हिजोको तथ्यले प्रमाणित भयो । उहाँहरू जनतालाई जति लुटेपनि हुन्छ भन्ने पक्षमा उभिनुभयो । यस्तै गर्दै जाँदा प्रमुख प्रतिपक्षसहित विपक्षी दलको रोल पनि उचित हुँदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>