राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो देश रोएको छ: रघुजी पन्त

Banner

काठमाडौँ, असार २०-

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक अगाडी बढाउन नदिने भन्दै नेपालको स्वाभिमानमाथि आघात पुर्याएकाले राजीनामा समेत मागे । प्रधामन्त्री प्रचण्डले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्तिका कारण सिंगो देश रोएको पन्तको भनाइ छ ।

‘यी विषयहरुको बारेमा प्रधानमन्त्रीले आज देशलाई के जवाफ दिनुहुन्छ ? देशले उहाँको त्यो अभिव्यक्तिबारे प्रश्न सोधिरहेको छ’, पन्तले भने, ‘आज मैले दुःखका साथ भन्नुपर्छ नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । देशको हक, हित र स्वाभिमानको रक्षा, टेबुलमा वार्ता गर्दाखेरी त्यसको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>