राजनीति
रवि लक्षित प्रचण्ड टिप्पणीः भ्रष्टाचारको होहल्ला गरेर जनतालाई भ्रम छर्नेहरुको हावा खुस्किसक्यो
०

काठमाडौं, असार २०-
प्रतिक्रियावादीहरुलाई आफूहरुले भ्रष्टाचारविरुद्ध चालेको एकपछि अर्को ब्याटल मन नपरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिप्पणी गरेका छन् ।
पार्टी निकट अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गरेर भ्रष्टाचारबारे होहल्ला गर्नेहरुको हावा खुस्किएको बताए ।
प्रचण्डले भने, ‘अब भ्रष्टाचारको होहल्ला गरेर जनतालाई भ्रम दिने हावाहरु र तिनीहरुका बेलुनहरु फुटेका छन् । उनीहरुको बेलुनको हावा खुस्किएको छ । त्यसैले साँचो अर्थमा यो लडाइँको नेतृत्व कसले गर्नसक्छ भन्ने स्थापित भएको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























